Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

शक्ति माविका शिक्षक–विद्यार्थीद्वारा पहिरोपीडितलाई २० हजार ६३२ रुपैयाँ सहयोग


560
Shares

शक्ति माविका शिक्षक–विद्यार्थीद्वारा पहिरोपीडितलाई २० हजार ६३२ रुपैयाँ सहयोग

गोरखा, २८ साउन । गोरखाको शक्ति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरूले सामूहिक रूपमा रकम सङ्कलन गरी पहिरोपीडित दुई जनालाई २० हजार ६३२ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले सङ्कलन गरेको रकममध्ये मानसिंह गुरुङलाई १० हजार ३५२ रुपैयाँ र कृष्णदेव महतोलाई १० हजार २८० रुपैयाँ हस्तान्तरण गरिएको हो।

अविरल वर्षाका कारण गोरखा नगरपालिका–९, लक्ष्मीबजारस्थित दिवामार्गमा गएको पहिरोले स्थानीय मानसिंह गुरुङको तीनतले पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। पहिरो घरको जगबाटै गएपछि घर करिब २० मिटर तल पल्टिएको थियो।

पहिरोका कारण घर पूर्ण रूपमा क्षति भएपछि गुरुङलाई विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले सामूहिक रूपमा रकम सङ्कलन गरी सहयोग गरेका हुन्। यसैगरी, कृष्णदेव महतोलाई पनि सोही क्रममा १० हजार २८० रुपैयाँ सहयोग गरिएको हो  । शिक्षक तथा विद्यार्थीहरूले दुवै जनालाई गरी कुल २० हजार ६३२ रुपैयाँ हस्तान्तरण गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology