Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

कोभिड १९ को उद्गमस्थल मानिएको चीन सामान्य बन्दै


2.3K
Shares

कोभिड १९ को उद्गमस्थल मानिएको चीन सामान्य बन्दै

काठमाण्डौं २४, बैशाख । कोरोना भाइरस कोभिड १९ को उद्गमस्थल मानिएको चीन सामान्य बन्दै गएको छ । सबैभन्दा पहिले कोरोना भाइरसको बिरामी फेला परेको उहान सहरमा आज देखि विद्यालयहरु खुलेका छन् । बुधबारबाट नौ देखि १२ कक्षासम्मका विद्यार्थीहरु विद्यालय जान थालेका हुन् ।

विद्यालय खुले पनि विद्यार्थीहरुले विद्यालय जानुभन्दा अगाडि कोरोना भाइरस कोभिड १९ को अनिवार्य परीक्षण गर्नु पर्ने व्यवस्था गरिएको छ । साथै उनीहरुले विद्यालय भौतिक दुरीको नियम पनि पालना गर्नुपर्ने छ । चीनको अन्य प्रान्तका १२ कक्षाका विद्यार्थीहरु यसअघि गत मार्चदेखि नै विद्यालय जान थालेका थिए ।

पछिल्लो ३२ दिनयता वुहान मात्र नभई हुबेई प्रान्तमा नै कुनै पनि नयाँ संक्रमित फेला परेका छैनन् । त्यसैले उहानले पनि आज देखि विद्यालय खोल्ने निर्णय गरेको हो । यसअघि देखि नै बिस्तारै वुहानमा प्रतिबन्ध हट्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology