काठमाडौँ २१ साउन : राजधानीमा गुडिरहेको यात्रुवाहक बस दुर्घटना हुँदा विहिबार १ जनाको मृत्यु भएको छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा।२ ख ३५९० नम्बरको बस बिहान ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएर दुर्घटनामा भएको हो ।
दुर्घटनामा परेर १० जना घाइते भएका छन् । उनीहरूलाई बीएण्डबी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।