गोरखा २१ साउन : गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ११ बाह्रकिलोस्थित गोरखकाली फ्युल सेन्टर पेट्रोल पम्पको पछाडिको भागमा पहिरो जाँदा पेट्रोलपम्पमा क्षति पुगेको छ ।
पहिरोका कारण उक्त पेट्रोलपम्पको डिस्टेन्सर मेसिन र त्यहाँ पार्किङ गरी राखिएका पाँचवटा मोटरसाइकल पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विहिबार विहान करिब ६ बजेको समयमा पेट्रोलपम्पभन्दा ५० मिटर माथिबाट पहिरो खसेको थियो। पहिरोका कारण पेट्रोलपम्पको डिस्टेन्सर मेसिन र पार्किङ गरिएका पाँचवटा मोटरसाइकल पुरिएको छ । प
हिराबाट कुनै मानवीय क्षति हुनबाट हुन भने पाएन । पहिराले पुरिएका मोटरसाइकलहरू बाहिर निकाल्ने तथा पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।