Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जिल्लाभर गत आर्थिक वर्षमा ६ हजारभन्दा बढी सवारी साधन कारवाहीमा


161
Shares

गोरखा जिल्लाभर गत आर्थिक वर्षमा ६ हजारभन्दा बढी सवारी साधन कारवाहीमा

गोरखा १५ साउन :  गोरखा जिल्लाभर गएको आर्थिक वर्ष भरीमा ६ हजार भन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०८२/०८३ मा जिल्ला भित्र कुल ६ हजार ३११ सवारी साधन कारवाही परेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुसार सो अवधीमा सबैभन्दा बढी २ पाग्रें सवारी कारवाही परेका छन् ।

गएको आर्थिक बर्षमा जिल्लाभर २ हजार ३७० मोटरसाइकल कारवाहीमा परेको परेका छन् । त्यस्तै सोही अवधी १ हजार ३०४ वटा कारजिप, १ हजार २०४ वटा ट्रकटिपर तथा ८८३ वटा बस कारवाहीमा परेको इन्चार्ज अर्यालले बताउनुभयो ।

त्यसका साथै ४४५ वटा ट्याक्टर र ९५ वटा टेम्पो तथा अन्य सवारी साधन समेत कारवाहीमा परेका थिए । अघिल्लो आर्थिक बर्ष ०८१/०८२ को तुलनामा गत आर्थिक बर्षमा भन्दा ४० प्रतिशत भन्दा कम संख्यामा मात्र सवारी साधनहरु कारवाहीमा परेका हुन् ।

आर्थिक बर्ष ०८१/०८२ मा कुल ११ हजार ४३ सवारी साधन कारवाहीमा परेका थिए । कारवाहीमा परेका अधिकांश सवारी साधनले कागजपत्र दुरुस्त नराखेको, सवारी चालक अनुमती पत्र लिएर नचलाएको, मापसे तथा लापसे एवं ट्राफिक नियम उल्लघंन गरेर सवारी चलाएकाहरु रहेको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology