Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चुम उपत्यकाको चौरीखर्क पदमार्ग स्तरोन्नती हुँदै


266
Shares

चुम उपत्यकाको चौरीखर्क पदमार्ग स्तरोन्नती हुँदै

गोरखा, १५ साउन । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप ) गोरखाको आर्थिक सहयोग चुम उपत्यकास्थित चौरीखर्क पदमार्ग स्तरोन्नती भइरहेको छ ।

पदमार्गलाई सुरक्षित र सहज बनाउने उद्देश्यसहित संरक्षण क्षेत्र व्यवस्थापन समिति छेकम्पारमार्फत पदमार्ग स्तरोन्नतीको काम अघि बढाइएको हो ।

पदमार्ग सुधार योजना अन्तर्गत हाल सो पदमार्गमा ढुङ्गा बिछ्याउने, क्षतिग्रस्त भागको मर्मत गर्ने र तारजाली लगाउने काम भइरहेका कार्यालयले जनाएको छ ।

जस अन्र्तगत ४२० मिटर पदमार्ग स्तरोन्नतीको काम भइरहेको हो । चालु आर्थिक बर्षको स्विकृत कार्यक्रम अन्र्तगत जोखियुक्त ठाउँमा तारजाली लगगाउने, ढुङ्गा विच्छयाउने काम अघि बढाइएको हो । पदमार्गमा भौतिक सुधारले पदमार्गमा आवागमनका लागि सुरक्षित र व्यवस्थित हुनेछ ।

यसले स्थानीय बासिन्दा तथा पर्यटकहरूको आवतजावतलाई सहज बनाउनुका साथै यसले दिगो पर्यटन प्रवद्र्धन र समग्र संरक्षण क्षेत्र व्यवस्थापनमा सहयोग पु¥याउने अपेक्षा गरिएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष छिरिङ लामाले जानकारी दिनुभयो ।

त्यस्तै पहिरोको जोखिम कम गर्दै यसबाट पदयात्रा थप सुुरक्षित हुने कार्यालयले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology