Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चिनारी बहुउद्देश्यीय सिकाइ केन्द्रको आयोजनामा सीप सिकाइ तथा क्षमता विकास तालिम


581
Shares

चिनारी बहुउद्देश्यीय सिकाइ केन्द्रको आयोजनामा सीप सिकाइ तथा क्षमता विकास तालिम

गोरखा १२ साउन । चिनारी बहुउद्देश्यीय व्यावसायिक सिकाइ केन्द्रद्वारा आयोजित विभिन्न विधाको सीप सिकाइ तथा क्षमता विकास तालिमको सोमबार उद्घाटन गरिएको छ । वडा नम्बर ७ मा सञ्चालित उक्त तालिमको उद्घाटन वडाध्यक्ष विष्णु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

पाँच दिनसम्म सञ्चालन हुने सो तालिममा वडाका विभिन्न क्षेत्रबाट ४६ जना दिदीबहिनीहरूको सहभागिता रहेको छ। स्थानीय महिलाहरूको सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो ।

उद्घाटन कार्यक्रममा वडा सदस्यहरू सरस्वती गुरुङ, बिबा अच्छामी र खड्कप्रसाद श्रेष्ठको उपस्थिति थियो। त्यसैगरी, कार्यक्रममा संस्थाका सल्लाहकार तुलसा मरहटा तथा अतिथिहरू शर्मीला वाग्ले र सुर्यमाया श्रेष्ठको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology