Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन


203
Shares

काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौँ, १२ साउन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । मङ्गलबार दिउँसो ललितपुरस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली काङ्ग्रेसका महामन्त्री गुरु घिमिरेले जानकारी दिनुभयो ।

लामो समयदेखि बिरामी पर्नुभएका श्रेष्ठको हेलियस अस्पतालमा उपचार भइरहेको थियो ।

महामन्त्री घिमरेका अनुसार श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बुधबार बिहान सानेपास्थित नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा राखिने छ ।

त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने काङ्ग्रेसले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology