Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको नारीघाटमा भेटिएको शवको पहिचान


518
Shares

गोरखाको नारीघाटमा भेटिएको शवको पहिचान

गोरखा, १२ साउन :  गोरखामा आइतबार भेटिएकी एक महिलाको शवको पहिचान भएको छ । गोरखा नगरपालिका–१४ , स्थित नारीघाटमा मस्र्याङ्दी नदीको किनारामा भेटिएकी महिलाको शव लमजुङ सुन्दर बजार नगरपालिका–१ गढीकालिका घर भएकी ५० बर्षीया सिता देवी परियारको भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मृतकको छोराले सोमबार शवको सनाखत गर्नुभएको उहाँले बताउनुभयो । आइतबार नारीघाटमा एक महिलाको बेवारिसे अवस्थामा शव फेला परेको थियो । स्थानीय बासिन्दा नदी किनारामा शव भेटिएपछि प्रहरीलाई खबर गरेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology