Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सिआइवी बिरुद्ध सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा गोरखाका गुरुङविरुद्ध मुद्दा दायर


490
Shares

सिआइवी बिरुद्ध सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा गोरखाका गुरुङविरुद्ध मुद्दा दायर

गोरखा, १० साउन : गृहमन्त्री सुदन गुरुङको बैंक विवरण केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखले मिडियामा दिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा भ्रामक भिडिओ बनाएको अभियोगमा गोरखाका मीनकुमार गुरुङ मुद्दा दर्ता भएको छ । जिल्लाको त्यस क्रममा गोरखाको बारपाक सुलिकोट–४, घर भएका ३३ वर्षीय गुरुङ बिरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दायर गरिएको अभियोग पत्रमा गुरुङमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको छ । हाल विदेशमा रहेका आरोपी गुरुङलाई फरार सूचीमा राखिएको छ । सीआईबीको पत्रको आधारमा साइबर ब्युरोले यस सम्बन्धमा प्राविधिक अनुसन्धान थालेको थियो ।

गुरुङले आफ्नो फेसबुक प्रोफाइलबाट विभिन्न भ्रामक समग्रीहरू पोस्ट र प्रसारण गरेको फेला परेको थियो । आरोपी गुरुङले आफ्नो फेसबुक अकाउन्ट तथा विभिन्न रिलहरूको लिंकमार्फत गृहमन्त्री र प्रहरी प्रशासनलाई जोडेर अफवाह फैलाएको अभियोग पत्रमा उल्लेख छ । विशेषगरी उनले आफ्नो फेसबुक टाइमलाइनमा एउटा फोटो लिंक पोस्ट गर्दै र भिडिओ सार्वजनिक गरेका थिए ।

अनुसन्धानकै क्रममा राहदानी विभाग त्रिपुरेश्वर, भूमि व्यवस्थापन तथा अभिलेख विभाग बबरमहल, नेपाल राष्ट्र बैंक र अध्यागमन विभाग कालिकास्थानसँग पनि आरोपीको विवरण माग गरी पत्राचार गरिएको थियो । सरकारी वकिल कार्यालयले अभियुक्त मीनकुमार गुरुङलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुरमा सजाय गर्न माग गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology