Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

डा. केसीलाई आइसियूमा राखेर उपचार गरिँदै


238
Shares

डा. केसीलाई आइसियूमा राखेर उपचार गरिँदै

काठमाडौं, ९ साउन । धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ । धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका केसीको अवस्था बिग्रिएपछि चिकित्सकको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो । उहाँको आइसियुमा राखेर उपचार भइरहेको डा. केसीका सहयोगी डाक्टर अमृत जैसीले बताउनुभयो ।

उहाँका अनुसार डा. केसीको ब्लड प्रेसर पनि फ्लक्चुयट भइरहेको छ । मांसपेशीहरू बाउडिने समस्या र बोल्न पनि असहज हुने अवस्था देखा परेको छ ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष र गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गरिएका नियुक्ति खारेज गर्ने लगायत माग राखेर डा केसी धनगढीमा अनसन बसेका छन् ।

डाक्टर गोविन्द केसीका सहयोगी डाक्टर अमृत जैसी र शिक्षामन्त्री सस्मित पोखरेलबीच शुक्रबार साँझ कुराकानी भएको थियो । डा. अमृतका अनुसार शिक्षामन्त्री सस्मितले फोन गरेर डा. केसीका माग पूरा गर्न पहल गर्ने प्रतिबद्धता जनाएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology