Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा सहित बिभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम


189
Shares

गोरखा सहित बिभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

 

काठमाडौँ, साउन ५ गते ।  जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न जिल्लाबाट बग्ने साना नदीमा आकस्मिक बाढी ९फ्ल्यास फ्लड० को मध्यम जोखिम रहने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

गोरखा, लमजुङ, झापा, उदयपुर, मकवानपुर, जाजरकोट, दैलेख, कालिकोट, डोटी, डडेलधुरा र बैतडी तथा आसपासका जिल्लाबाट बग्ने साना नदीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ ।

बाढीविद् विनोद पराजुलीले निरन्तर वर्षाका कारण उक्त जिल्लाका नदी तथा खोलामा आकस्मिक रूपमा जलसतह बढ्न सक्ने भएकाले नदी किनार, तल्लो तटीय क्षेत्र तथा डुबान हुने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology