Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कर्मचारीका कारण जनताले सास्ती भोग्न परे सैह्य हुँदैन : गृहमन्त्री गुरुङ


329
Shares

कर्मचारीका कारण जनताले सास्ती भोग्न परे सैह्य हुँदैन : गृहमन्त्री गुरुङ

गोरखा, ३ साउन : गृहमन्त्री सुधन गुरुङले कर्मचारीका कारण जनताले सास्ती भोग्न परे आफुलाई सैह्य नहुने बताउनु भएको छ । शुक्रबार साँझ आकस्मिक गोरखा आइपुग्नु भएका उहाँले जिल्ला प्रसासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित कर्मचारीसंगको भेटघाटमा कुनै पनि वहानामा जनताले असुविधा भोग्न नहुने बताउनभयो ।

‘‘कर्मचारीलाई जुनसुकै गाह्रो अप्ठ्यारो र समस्यामा परे समाधानका लागि म साथ दिन म सधै प्रतिवद्ध छु, गृहमन्त्री गुरुङले भन्नुभयो, ‘‘जनताको सेवामा ढिलासुस्ती र लापरवाही भने मलाई स्विकार्य हुँदैन ।’’

वर्तमान सरकार भ्रष्टचार र सुशासनका सन्र्दभमा शुन्य सहनशीलताको नीति लिएर अगाडी बढिरहेको उहाँको भनाई छ । ‘‘यो मिल्दैन, ऊ मिल्दैन भनेर सेवाग्राहीसंग रकम लिने, विचौलियालाई प्रश्रय दिएर कमिसनको खेलमा कोही पनि नलाग्नु होला, गृहमन्त्री गुरुङले भन्नुभयो, ‘‘एकसुका पनि कमिसन वा घुस खाएको थाहा पाए ‘एक्सन’ लिन्छु ।’’

उहाँले नागरिकहरुलाई प्रदान गर्ने सेवाप्रवाहमा तोकिएको समयको पालना गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिनुभयो । गृहमन्त्री गुरुङले भन्नुभयो, ‘‘जनताले १५ मिनेटमा पाउनुपर्ने सुविधा १६ मिनेटसम्म पु¥याउनु हुँदैन, त्यस्तो कमिकमजोरी गर्ने छुट अव कसैलाई छैन् ।’’

गहृमन्त्री गुरुङले सेवाग्राहीलाई लामो समयसम्म लाइनमा उभिएर बस्नुपर्ने बाध्यताको अन्त्य हुनेगरी कार्यालयहरुको आवश्यक व्यवस्थापन गर्न पनि निर्देशन दिनुभयो । उहाँले गोरखामा चालु आर्थिक बर्षमा विनियोजन भएका सवै योजनाहरुको साउनदेखि नै कार्यान्वयनको प्रक्रिया अगाडी बढाउने गरी काम थाल्नु पर्ने बताउनु भएको छ ।

‘‘नयाँ आर्थिक बर्षका लागि जति बजेट विनियोजन भएको छ, ‘‘त्यसको कार्यान्वयन प्रक्रिया साउन १ गतेदेखि नै सुरु हुनुपर्छ, उहाँले भन्नुभयो, ‘‘बजेट कार्यान्वयन प्रक्रिया नवढाई ढिलासुस्ती गरिएको पाइए कारवाही हुन्छ । ’’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology