Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

होल्सिङमा निर्माणाधीन शिव पाञ्चायन मन्दिर परिसरमा विशेष ’धार्मिक वृक्षारोपण कार्यक्रम’


966
Shares

होल्सिङमा निर्माणाधीन शिव पाञ्चायन मन्दिर परिसरमा विशेष ’धार्मिक वृक्षारोपण कार्यक्रम’

गोरखा, २५ असार ः गोरखा नगरपालिका वडा नम्बर–३ स्थित होल्सिङमा निर्माणाधीन श्री शिव पाञ्चायन मन्दिर परिसरमा विहिबार विशेष ’धार्मिक वृक्षारोपण कार्यक्रम’ सम्पन्न भएको छ । श्री शिव पाञ्चायन मन्दिर निर्माण मूल समिति, गँगटे सामुदायिक वन उपभोक्ता समूह, होल्सिङ टोल विकास संस्था र मनकामना महिला समूह गोरखाको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको मन्दिर निर्माण समितिका सचिव विष्णुहरी अर्यालले जानकारी दिनुभयो ।

मन्दिर वरपरको वातावरणलाई स्वच्छ, हरियाली र धार्मिक सहिष्णुता अनुकूल बनाउने उद्देश्यका साथ बृक्षारोपण गरिएको हो । मन्दिर परिसरमा कल्की फूल, विरेन्द्र फूल, रुद्राक्ष लगायतका विभिन्न प्रजातिका बोट विरुवा लगाइएको छ । यसबाट मन्दिर परिषर्को धार्मिक र पर्यावरणीय वातावरणलाई थप स्वच्छ र मनमोहक बनाउने विश्वास लिइएको सचिव अर्यालको भनाई छ ।

डिभिजन वन कार्यालय गोरखाले बृक्षारोपणका लागि बिभिन्न जातका बोटविरुवाको बेर्ना उपलब्ध गराएको हो ।  गोरखा नगरपालिका वडा नं ३ का वडाध्यक्ष चुलबहादुर कुँवरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा होल्सिङ टोल विकास संस्थाका सदस्यहरु मनकामना महिला समूहका सदस्यहरू, छिमेकी टोल विकास संस्थाका प्रतिनिधिहरू तथा साविक नारेश्वर–४ निवासी समाजसेवीलगायतको सहभागिता रहेको थियो । श्री शिव पाञ्चायन मन्दिर निर्माण मूल समितिका अध्यक्ष लेखप्रसाद अर्यालको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology