गोरखा २३, बैशाख
कैलालीबाट ल्याइएका २८ जना मजुदरको ¥यापिड डाइगनेस्टिक टेस्ट ( आरडिटी) बिधिबाट आजै कोरोना परीक्षण गरिएको छ ।
परीक्षणका क्रममा सवै मजुदरको रिर्पोट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना सम्बन्धी फोकल पर्सन नारायण अर्यालले जानकारी दिनुभयो ।
परीक्षण गरिएको मध्ये ४ जनाको भने पिसिआर बिधिबाट कोरोना जाचँका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाइएको उहाँले बताउनुभयो ।