Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जापानमा ‘दोश्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६’ हुने, स्टल बुकिङ खुल्ला


847
Shares

जापानमा ‘दोश्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६’ हुने, स्टल बुकिङ खुल्ला

सन्दिप सुनार

३० जेठ जापान । जापानको चिबा प्रिफेक्चर स्थित फुनाबाशी केइबाजोमा आगामी २०२६ सेप्टेम्बर १९ र २० मा आयोजना हुन लागेको दोश्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६ का लागि स्टल बुकिङ औपचारिक रूपमा खुला गरिएको छ ।

गैरआवासीय नेपाली संघ जापान, चिबा क्षेत्रीय परिषदको आयोजनामा हुन लागेको उक्त फेस्टिबलका लागि स्टल बुकिङ खुल्ला गरिएको स्टल ब्यबस्थापन समितिका उप(संयोजक टिकाराम न्यौपानेले जानकारी दिनु भयो ।

‘व्यवसायी, संघ–संस्था तथा व्यक्तिगत रूपमा सहभागी हुन इच्छुक सबैका लागि जुन ९ देखि जुन ११ सम्म स्टल बुकिङ खुला रहनेछ’ न्यौपानेले भन्नुभयो ‘सबैलाई समयसीमा भित्रै स्टल बुकिङ गरिदिनु हुन अनुरोध गर्दछौं।’

उहाँका अनुसार एउटा स्टल बुकिङका लागि २ लाख ५० हजार एन शुल्क तोकिएको छ। त्यो बाहेक ५० हजार धरौटी राख्नुपर्ने व्यवस्था समेत गरिएको छ। त्यस्तैगरी फोहोर व्यवस्थापन शुल्क ३० हजार, ब्यबसाय संचालनका लागि जनस्वास्थ्य कार्यालयबाट अनुमति प्राप्तिका लागि लाग्ने १६ हजार पांच सय गरी कुल ३ लाख ४६ हजार पांच सय जापानी एन जुन महिनाको ३० तारिख भित्र दाखिला गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।

नेपाल र जापानबीचको सांस्कृतिक आदान–प्रदानलाई अझ मजबुत बनाउने उद्देश्यले चिबाको फुनाबाशीमा दोश्रो फेस्टिबलको आयोजना गर्न लागिएको एनआरएनए चिबाका संयोजक राजनबाबु सुबेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology