गोरखा २३, बैशाख । गोरखामा लकडाउन उल्लंघन गर्ने ९ जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको छ । लडकडाउनका बेला बिना काम घुमफिर गरी हिडिरहेका बेला प्रहरीले उनिलाई नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला प्रसासन कार्यलय गोरखामा पठाइएको प्रसासनले संक्रामक रोग ऐन २०२० अनुसार प्रति व्यक्ति रु १ सय रुपैया जरिबाना तिराएको हो ।
नियन्त्रणमा लिइएका सवै गोरखा नगरपालिका वडा नम्बर ६ का रहेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जरिबाना पछि उनीहरुलाई प्रहरी कार्यालय गोरखाको परिसर भित्र कोरोना भाईरससम्बन्धी सचेतनामुलक अनुशिक्षण समेत प्रदान गरिएको प्रहरीको भनाई छ ।
लकडाउन शुरु भएदेखि अहिलेसम्म गोरखा जिल्लामा लडडाउनको उल्लंघन गर्ने ५११ वटा सवारी साधनलाई प्रहरीद्धारा नियन्त्रणमा लिई आबश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ ।