Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सीमा विवादबारे सरकारका प्रवक्ता : ‘प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ’


861
Shares

सीमा विवादबारे सरकारका प्रवक्ता : ‘प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ’

काठमाडौं,१९ जेठ  । सीमा विवाद लगायतका प्रश्नमा प्रधानमन्त्री बालेन शाह पुनस् सदनमा जवाफ दिन तयार रहेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभएको छ । नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले यसअघि संसदमा भनको विषय नै सत्य भएको बताउँदै उहाँले आवश्यक परे फेरि उत्तर दिने बतानुभएको हो ।

आजको मन्त्रिपरिषद बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै प्रवक्ता पोखरेलले भन्नुभयो, ‘प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहन्छ । उहाँले अस्ति पनि सदनमा उपस्थित भएर उत्तर दिनुभएको हो । आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनुहुन्छ ।’

१७ जेठको संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भइरहेको छ ।

कतिपय ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने कुरा प्रधानमन्त्रीले बोलेको र त्यो नै सत्य भएको प्रवक्ता पोखरेलले बताउनुभयो ।

यो विषय दुई देशबीचको सीमा विवाद मिलाउने कूटनीतिक प्रयासको क्रममा गठित संयन्त्रबाट आएको र त्यो सुन्दा प्रधानमन्त्रीले आफू अचम्ममा परेको बताएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology