Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

आज पनि देशैभर वर्षा, आइतबारदेखि सुधार हुनेछ मौसम


413
Shares

आज पनि देशैभर वर्षा, आइतबारदेखि सुधार हुनेछ मौसम

काठमाडौं, १५ जेठ । जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुले आज देशैभर वर्षाको सम्भावना औंल्याएका छन् । रातिदेखि नै जारी वर्षा आज पनि कायम रहने भएको हो । देशैभर भएको वर्षाले गर्मीमा राहत मिलेको छ ।

मौसमविद बिनु महर्जनका अनुसार गण्डकी र लुम्बिनीका केही जिल्लामा अहिले पनि पानी परिरहेको छ । पानी पार्ने यो प्रणाली क्रमशस् पूर्वतिर सरिरहेको छ ।

त्यसको प्रभावले काठमाडौं उपत्यकासहित बागमती, मधेश र कोशी प्रदेशमा पनि वर्षा हुने पूर्वानुमान गरिएको हो । ‘अहिले केही कम भए पनि आज दिउँसो देशैभर वर्षा हुने सम्भावना छ ।

आजै राति तराई र पहाडी क्षेत्रमा हावाहुरी चल्नसक्ने सम्भावना पनि छ,’ मौसमविद महर्जनले भनिन्, ‘केहीबेर रोकिए पनि फेरि पानी पर्ने सम्भावना छ ।’

उनका अनुसार कुनै–कुनै ठाउँमा भारी वर्षा हुने सम्भावना पनि छ । गएराति काठमाडौं उपत्यकामा पनि ठूलो पानी परेको थियो । ललितपुरको खुमलटारस्थित अटोमेटिक स्टेसनले एक घण्टा अवधिमै ५४।८ मिलिमिटर वर्षा मापन गरेको थियो । तर आज बिहान हेर्दा खुमलटारको वर्षा मापन ५५।४ मिलिमिटर देखिएको थियो । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६०।५ मिलिमिटर वर्षा मापन भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology