Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्याएको विशेष अफर के के हुन् ?


637
Shares

गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्याएको विशेष अफर के के हुन् ?

काठमाडौँ, १४ जेठ । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘गणतन्त्र दिवस अफर २०८३’ सार्वजनिक गरेको छ । टेलिकमले यस अफर अन्तर्गत ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराउने भएको हो ।

टेलिकमका प्रवक्ता डा। कमल लामिछानेका अनुसार ‘अनलिमिटेड लाइट’ प्याकेज अन्तर्गत ग्राहकले ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डाटा प्राप्त गर्नेछन् ।

उक्त ५ जीबीको दैनिक सीमा सकिएपछि पनि बाँकी समय २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ । त्यस्तै, ‘अनलिमिटेड प्रो’ प्याकेज अन्तर्गत ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट सकिएपछि ३ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन पाइनेछ ।

यी दुवै प्याकेजहरूको समयावधि ३० दिनको रहने टेलिकमले जनाएको छ । यो अफर जेठ १४ गते बिहीबारदेखि आगामी जेठ १६ गतेसम्म मात्र खरिद गर्न सकिनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश गरिने टेलिकमले जनाएको छ ।

इच्छुक ग्राहकहरूले जेठ १४ देखि १६ गतेसम्म आफ्नो मोबाइलबाट ८१४१५८ ११३ डायल गरेर वा नेपाल टेलिकमको आधिकारिक एपमार्फत यो प्याकेज खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology