भारतमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३ सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७२ कोरोना सङ्क्रमितको मृत्यु भएसँगै मृतकको सङ्ख्या १ हजार ३ सय ७३ पुगेको हो ।
भारतमा कोरोनाका बिरामी पनि थपिएका छन् । पछिल्लो तथ्याङ्क अनुसार भारतमा ४२ हजार ५ सय ३३ जनामा सङ्क्रमण भएको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १२ हजार नौ सय ७४ पुगेको छ भने पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ ।