काठमाडौं, १२ जेठ । सभामुख डोलप्रसाद अर्यालको आदेशबिना नै मर्यादापालकहरूले प्रतिनिधिसभा बैठक कक्षबाट एक जना सांसदलाई बाहिर निकालेका छन् ।
कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङले प्रतिनिधिसभा बैठकको फोटो खिचेको निहुँमा मर्यादापालहरूले सांसदलाई बैठक कक्षबाट बाहिर लगेका हुन् । मलाई बैठकमा फोटो खिच्न हुँदैन भन्ने थाहा थिएन । बाहिर लगेर फोटो डिलिट गर्नुस् भने,सेन्दाङले भन्नुभयो, मैले ठिकै छ भनेर डिलिट गरेँ, अनि भित्र आएँ।
सभामुखले सांसदहरूलाई सुरूमा सचेत गराउने र सचेत गराउँदा नमानेमा मात्र बैठक कक्षबाट बाहिर निस्कन आदेश दिन सक्छन् ।