Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मनकामनातर्फ जाँदै गरेको गाडी दुर्घटनामा २ गम्भीर घाइते


406
Shares

मनकामनातर्फ जाँदै गरेको गाडी दुर्घटनामा २ गम्भीर घाइते

गोरखा, १० जेठ ः गोरखाको सहिद लखन गाउँपालिका वडा नं ३ दोभानमा आज साँझ टाटा योद्धा गाडी दुर्घटनामा परि २ जना गम्भीर घाइते भएका छन् । मझुवादेउरालीबाट मनकामनातर्फ जाँदै गरेको ग १ च ५५६७ नम्बरको लोड गाडी सडकबाट झण्डै १५० मिटर तल मस्र्याङ्दी नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी ) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनमा गाडी चालक मकवानपुर राक्सिराङा गाउँपालिका–३ सिजलटारका २४ बर्षीय सुजन घलाङ र भारत विहार स्थायी ठेगाना भएका १८ बर्षीय अरविन कुमार शाह गम्भीर घाइते भएको उहाँले बताउनुभयो ।

उनिहरुलाई तत्काल उद्दार गरि तनहुँस्थित आँवुखैरेनी अस्पतालमा उपचारका लागि पठाइएको छ । तीव्र गतिमा रहेको गाडी अगाडि बढ्न नसकेपछि अचानक पछाडि सरेको अनियन्त्रित भई दुर्घटना भएको डिएसपी श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology