Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भाजपालाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट बन्द


490
Shares

भाजपालाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट बन्द

काठमाडौं,७ जेठ । कक्रोच जनता पार्टी सीजेपीले इन्स्टाग्राममा १ करोड १७ लाख फलोअर्स पार गर्दै भारतीय जनता पार्टी ९भाजपा० को आधिकारिक अकाउन्टलाई उछिनेको केही घण्टामै यसको एक्स अकाउन्टलाई भारतमा रोक लगाइएको छ। हाल प्लेटफर्ममा बीजेपीका करिब ८७ लाख फलोअर्स छन्।

तीव्र रूपमा फैलिरहेको यस व्यंग्यात्मक राजनीतिक अभियानको एक्स अकाउन्ट बिहीबार भारतमा बन्द गरिएको हो, जसले जेनजीको मिम(आधारित यस अभियानको चर्चा अझ बढाएको छ ।

पार्टीका संस्थापक अभिजीत दीपकेले भारतमा अकाउन्ट ब्लक भएको स्क्रिनसट सेयर गर्दै यसको पुष्टि गरेका छन्। यस कदमप्रति प्रतिक्रिया दिँदै दीपकेले लेखेका छन्, ‘अपेक्षा गरेजस्तै, कक्रोच जनता पार्टीको अकाउन्ट भारतमा रोकिएको छ।’

सामाजिक सञ्जाल प्लेटफर्महरूमा कक्रोच जनता पार्टीको अभूतपूर्व वृद्धिकै बीच यो कारबाही भएको हो। केही दिनअघि मात्र अनलाइन व्यंग्य आन्दोलनको रूपमा सुरु भएको यो अभियान अहिले बेरोजगारी, परीक्षाको प्रश्नपत्र चुहावट, राजनीतिक भाष्य र संस्थागत जवाफदेहिताप्रतिको युवा निराशाबाट प्रेरित हुँदै पूर्ण रूपमा ठूलो डिजिटल अभियानमा परिणत भएको छ ।

यो आन्दोलनले हास्य, मिम र राजनीतिक सन्देशलाई एकै ठाउँमा मिसाएर सुरु भएको केही दिनमै अनलाइनमा विशाल जनसहभागिता जुटाउन सफल भएको छ ।

‘कक्रोच जनता पार्टी’ नाम आफैँमा भारतका प्रधानन्यायाधीश सूर्यकान्तले गत हप्ता अदालतको सुनुवाइका क्रममा दिएको विवादास्पद अभिव्यक्तिको व्यंग्यात्मक जवाफका रूपमा उदय भएको हो। प्रधानन्यायाधीशले केही बेरोजगार युवा र अनलाइन अभियन्ताहरूलाई ‘कक्रोच’ र ‘परजीवी’ सँग तुलना गरेको भनिएपछि अनलाइनमा ठूलो आक्रोश फैलिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology