Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने


658
Shares

भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने

काठमाण्डौ, ६ जेठ । नेपालको चिया निर्यातमा भारतले गरेको अवरोध तत्कालका लागि हटेको छ । भारतको टी बोर्डले मे १ देखि लागू गरेको अनिवार्य परीक्षणसम्बन्धी ‘स्टयान्डर्ड अपरेटिङ प्रोसिड्युर’ मा संशोधन गर्दै घरेलु बिक्रीका लागि लैजाने चियालाई अनिवार्य परीक्षण नगरे हुने जनाएको छ ।

यसैसँगै नेपालको चिया निर्यात पुनः खुलेको हो । नेपाल चिया उत्पादक सङ्घका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार अब नेपालबाट विनाअवरोध चिया भारत जाने भएको छ ।

गएको वैशाख १८ गतेदेखि लागू भएको नयाँ नियमले हरेक ट्रकको अनिवार्य ल्याब परीक्षण, उच्च शुल्क र लामो ढिलासुस्तीका कारण नेपाली चिया उद्योगी, निर्यातकर्ता तथा किसानहरू समस्यामा परेका थिए ।

भारतीय टी बोर्डको नयाँ व्यवस्था अनुसार पुनः निर्यातका लागि लैजाने चियामा भने परीक्षण अनिवार्य नै रहनेछ । नेपालबाट भारत निर्यात हुने सबैजसो चिया घरेलु बिक्रीका लागि हुने भएकाले यो संशोधनले उद्योगलाई ठूलो राहत दिएको छ ।

नेपालमा अहिले साना–ठूला गरी झन्डै १२० चिया उद्योग सञ्चालनमा छन् र ५० देखि ६० हजार मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् । अघिल्लो वर्ष मात्रै ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology