Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विश्वकप लिग–२ : लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान


399
Shares

विश्वकप लिग–२ : लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ, ४ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गर्नुभएको छ ।

एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अस्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गर्नुभएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले तीन विकेट लिएपछि उक्त कीर्तिमानलाई तोड्नुभएको हो ।

स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले आज जर्ज मुन्सी, ब्रान्डन मकमलेन र म्याथ्यु क्रसको विकेट लिनुभएको थियो । सन्दीपले एकदिवसीय ७३ खेलमा १५० विकेट लिन सफल हुनुभयो । स्टार्कले यो उपलब्धि ७७ खेलमा पूरा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology