Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन 


518
Shares

बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन 

बुटवल,३ जेठ ।  सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौंदेखि बसेको बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले आज बुटवलमा प्रदर्शन गरेका छन् ।

नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन भएको हो । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन मिलनचोक, अस्पताललाइन हुँदै ट्राफिकचोक पुगेर सभामा परिणत हुने समितिले जनाएको छ ।

प्रदर्शनमा भूमिहीन र अव्यवस्थित बसोबासीको उल्लेख्य बस्ती रहेका २२ बढी जिल्लाबाट ठूलो संख्यामा सहभागिता रहेको छ । कार्यक्रममा सहभागीले सरकारविरुद्ध नाराबाजी गरेका छन् । प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

प्रदर्शनपछि हुने सभामा सातै प्रदेशका सरकारले बिना विकल्प गरिब सुकुमवासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर उठिबास लगाउने कार्य गरेकाले यसको सशक्त विरोध गर्न प्रदर्शनमा सहभागी हुन आयोजकले आव्हान गरेको छ ।

प्रदर्शनमा ३० हजार बढी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उपस्थिति हुने आयोजकको दाबी छ । सरकारले वैकल्पिक व्यवस्थाको भरपर्दो व्यवस्था नगरी हतारोमा वस्तीमा डोजर आतंक मच्याएपछि देशभरका १२ लाख बढी परिवारका झन्डै ५० लाख नागरिक प्रभावित भएका संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology