Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक


637
Shares

अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक

काठमाडौं, २ जेठ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । भुर्तेलले ४५ बलमा अर्धशतक पूरा गर्नुभएको थियो । उहाँले ७ चौका र २ छक्का प्रहार गर्नुभएको हो ।

ओडिआईमा उनको यो १०औं अर्धशतक हो । अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल १४ ओभरको खेल सकिँदा कुनै पनि विकेट नगुमाई ८५ रन बनाएर खेलिरहेको छ ।

भुर्तेल शृङ्खलाको पहिलो खेलमा बेन्चमा थिए । त्यसअघिको शृङ्खलामा पनि दुई खेलमा बाहिर राखिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology