गोरखा २२, बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारपाक सुलिकोट गाउँपालिका पार्टी कमिटिले कोरोना भाइरस (कोभिड(१९ ) को रोकथाम, नियन्त्रण कोषमा ७५ हजार सहयोग गरेको छ । आइतबार गाउँपालिका पार्टी कमिटिका अध्यक्ष नरबहादुर गुरुङले गाउँपालिका अध्यक्ष बिष्णु भट्टलाई ७५ हजार नगद हस्तान्तरण गर्नुभएको हो ।
गाउँपालिकाको कोरोना भाइरस (कोभिड (१९ ) को रोकथाम, नियन्त्रण कोषमा गाउँपालिका पार्टी कमिटिले नगद सहयोग गरेको पार्टी कमिटिका कोभिड (१९ को रोकथाम, नियन्त्रण तथा उपचारको लागि कोष स्थापना गरेसंगै सहयोगहरु आउन थालेको अध्यक्ष भट्टको भनाई छ । कोषको रकमलाई कोष सञ्चालन कार्यबिधि तोकेबमोजिम पारदर्शी ढङ्गले खर्च गरिने गाउँपालिकका अध्यक्ष भट्टले बताउनुभयो ।
त्यस अबसरमा गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख कार्यकारी अधिकृत गौतम भण्डारी लगायतको समेत उपस्थित रहेको थियो । गाउँपालिकाका पार्टी सदस्य एवं शुभचिन्तकहरुबाट संकलित रकम मध्ये पहिलो चरणमा उक्त रकम प्रदान गरिएको र सहयोग अभियान जारी राखेकोले अर्को चरणमा पुनः सहयोग गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष गुरुडले यस अभियानमा सहयोग गर्नुहुने सबैको रेकर्ड पार्टीले राखेको जानकारी गराउँदै सबै दाताहरुलाई आभार समेत व्यक्त गर्नुभयो ।