Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

स्मार्ट टेलिकम प्रकरण : बैंकका सीईओ पाण्डे पक्राउ


847
Shares

स्मार्ट टेलिकम प्रकरण : बैंकका सीईओ पाण्डे पक्राउ

काठमाडौँ, ३० वैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रा।लि।को लाइसेन्स र सम्पत्ति व्यवस्थापनसँग सम्बन्धित प्रक्रियामा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।

प्राधिकरणले जमल, काठमाडौँस्थित कार्यालयबाट २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि स्मार्ट टेलिकमलाई अनुमतिपत्र ९द्यत्क्ी(ण्ज्ञ० प्रदान गरेको थियो । कम्पनीले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५९५० बमोजिम २०८० वैशाख ३ गतेदेखि उक्त अनुमतिपत्र स्वतः रद्द भएको थियो । त्यसपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार कम्पनीको सम्पूर्ण सम्पत्ति, पूर्वाधार तथा दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार पाण्डे आफ्नो मोबाइल फोन अफ गरेर फरार हुने क्रममा थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको टोलीले कमलामाई नगरपालिका–६ बसपार्कस्थित मदन भण्डारी राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा २०८३ वैशाख २९ गते राति करिब ८ बजे उहाँलाई पक्राउ गरेको हो । हाल उहाँमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले २०८२ असोज ३ गते प्रकाशित लिलामी सूचनामा स्मार्ट टेलिकमसँग सम्बन्धित उपकरण जडान भएका घर–जग्गा धनीलाई बुझाउनुपर्ने बाँकी घरबहाल र विद्युत् महसुलसमेत करिब ४० करोड रुपियाँ लिलामी रकममा समावेश गरिएको थियो । तर उक्त रकम घरधनीलाई नबुझाई बैंकले आफैं राखेको आरोपसमेत लागेको छ । सोही विषयमा पनि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology