गोरखा, २५ बैशाख । धादिङको हुग्दी पुल नजिकै केही बेर अगाडी बस दर्घटना भएको छ । काठमाडौंदेखी बिरगञ्ज जादै गरेको बस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
बा ३ ख ५०४३ नम्बरको आज बेनिघाट रोलाङ गाउँपालिका(९ को हुग्दी खोला पुल नजिकै दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परी बसमा सवार ११ जना घाईते भएको ईप्रका मुग्लिनले जानकारी दिएको छ ।
घाईते सबैलाई नजिकैको स्वास्थ्य चौकी लगिएको छ । बसमा प्राविधिक समस्या आए लगत्तै सडकमा पल्टिएको र केही बेर दुवै तर्फको सडक अबरुद्द भएको थियो ।
अहिले बसलाई साईड लगाएर राखिएको र दुई तर्फी यातायात समेत सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।