Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सुनचाँदी बजारः सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


399
Shares

सुनचाँदी बजारः सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ,२० वैशाखः गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु ६५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९५ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ९४५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology