गोरखा, ७ बैशाख । गोरखामा हिजो साँझ पख परेको चट्याङ लागेर १ पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा शहिदलखन गा।पा। ५ तोरेन पोखरी डाडा बस्ने बर्ष २६ को विनोद थापा गोरखा प्रहरीले पुष्टी गरेको हो ।
आइतबार साँझ ६स्३० बजेको समयमा परेको अबिरल बर्षा र हावाहुरी बिच थापा आफ्नै घरको कोठा भित्र मोबाइल चलाईरहेको अवस्थामा अचानक चट्याङ लागी गम्भिर घाईते भएका थिए ।
उनको गोरखा अस्पतालमा उपचारको क्रममा गएराती नै ज्यान गएको गोरखा अस्पताल प्रशासनले जनाएको छ । गंभिर घाईते भएका थापाको दाहिने कानबाट रगत बगेको,कपाल, आखिँ भौ, छातीको कपडा र पाईन्ट हल्का जलेको र मोबाईल पड्केको तथा बिजुली लाईनको पावर सकेट जलेको अवस्थामा उनको उपचार भएको थियो । प्रहरीलेका अनुसार चट्याङ लागेर थापाको घरको भित्ता हरु समेत भत्किएको छ ।