Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अबरुद्ध आरुघाट–लार्केन्ज्याङ सडक खण्डको पहिरो हटाइदिन सेनालाई गाउँपालिकाले आग्रह


574
Shares

अबरुद्ध आरुघाट–लार्केन्ज्याङ सडक खण्डको पहिरो हटाइदिन सेनालाई गाउँपालिकाले आग्रह

गोरखा २६ चैत । सुख्खा पहिरो खसेर अबरुद्ध भएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका जोड्ने बेनीघाट–आरुघाट–लार्केन्ज्याङ सडक खण्ड खुलाउन गाउँपालिकाले नेपाली सेनालाई आग्रह गरेको छ । केही दिनदेखि उक्त सडकखण्ड अन्तर्गत पर्ने धार्चे गाउँपालिका ४ स्थित कालोभिर क्षेत्रमा चट्टानसहितको सुख्खा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले नेपाली सेना बेनीघाट–आरुघाट–लार्केन्ज्याङ सडक निर्माण कार्यदललाई चट्टानसहित खसेको पहिरो हटाएर सडक सुचारु गराइदिन अनुरोध गर्नुभएको हो । चुमनुब्री गाउँपालिका जोड्ने एकमात्र सडक अबरुद्ध हुँदा चुमनुब्री गाउँपालिकाभित्र दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्री ढुवानीमा समस्या उत्पन्न भएको गाउँपालिकाले जनाइएको छ।

पहिरोका कारण आर्थिक वर्ष २०८२ ०८३ भित्र सम्पन्न गर्नुपर्ने विकास आयोजनाका लागि आवश्यक निर्माण सामग्री ढुवानीमा समेत अवरोध आएको गाउँपालिकाले जनाएको छ। सडक अवरुद्ध हुँदा सर्वसाधारणको आवतजावतमा समेत कठिनाइ भएको उल्लेख गर्दै गाउँपालिकाले उक्त खण्डको पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology