Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नेपालमा आज एकै दिन फेरी १० जना कोरोना संक्रमित फेला


2K
Shares

नेपालमा आज एकै दिन फेरी १० जना कोरोना संक्रमित फेला

काठमाण्डौं २१, बैशाख । नेपालमा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ सङ्क्रमितको सङ्ख्या ६९ पुगेको छ । आज एकैदिन १० जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । बाँकेको नेपालगञ्जमा ९ र वीरगञ्जमा १ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । सङ्क्रमित ९ मा ५ पुरुष र ४ जना महिला छन् । उनीहरू ७ देखि ५८ वर्ष उमेर समूहका रहेको देवकोटाले बताउनुभयो । नेपालगञ्जमा यसअघि एकजनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

आजै वीरगञ्जमा पनि थप एकजनामा कोरोना पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology