Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा अवैद्य हतियारसहित युवक पक्राउ


882
Shares

गोरखामा अवैद्य हतियारसहित युवक पक्राउ

गोरखा, २५ चैत : गोरखामा अवैद्य हतियारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आरुघाट गाउँपालिका–२, मान्वुस्थित मान्बवेशीबाट सोही ठाँउका ३६ बर्षका बाबुराम बोगटीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो
पक्राउ परेका बोगटीको साथबाट १ थान भरुवा बन्दुक र बारुदका छर्रा बरामद् गरिएको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय आरुघाट खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठको भनाई छ । प्रहरीले पक्राउ परेका बोटेविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको छ ।

जिल्ला अदालत गोरखाबाट बुधबारदेखि लागू हुने गरी सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology