Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज


1.3K
Shares

यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज

काठमाडौं २१ चैत । संयुक्त अरब इमिरेट्स यूएईको अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ नेपाली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

नेपालीहरूको अवस्थाबारे आबुधाबीस्थित नेपाली दूतावासले जानकारी गराउँदै ६ जना डिस्चार्ज भएको जानकारी दिएको हो । घाइते भएका सातै जनासँग दूतावासका कर्मचारीले सम्पर्क गरी कुरा भइरहेको जनाइएको छ ।

घाइतेमध्ये एक जना अस्पतालबाट डिस्चार्ज हुन बाँकी रहेको उनको पनि अवस्था खतरामुक्त रहेको आबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

यूएईको सरकारी सञ्चारमाध्यममार्फत सात जना नेपाली घाइते भएको खबर आएपछि दूतावासले यस विषयमा चासो लिएको लिएर उनीहरुको अवस्थाबारे जानकारी लिएको हो ।

शुक्रबार इरानले प्रहार गरेको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले क्षेप्यास्त्र र अवरोधपछि अबुधाबीको अजबान क्षेत्रमा भग्नावशेष खसेको थियो ।

जसका कारण ७ जना नेपालीसहित १२ जना घाइते भएका थिए । जसमा ७ जना नेपाली र ५ जना भारतीय नागरिक थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology