Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा आर्थिक गणना वैशाख २ देखि


644
Shares

गोरखामा आर्थिक गणना वैशाख २ देखि

गोरखा, १९ चैत । गोरखामा आगामी वैशाख २ गतेदेखि आर्थिक गणना हुने भएको छ ।

जिल्ला तथ्याङ्क कार्यालयले बिहीबार आयोजना गरेको जिल्लास्तरीय सचेतना गोष्ठीमार्फत गणनाको तयारी र कार्यतालिकाबारे जानकारी दिएको हो ।

जिल्ला आर्थिक गणना अधिकारी लोक प्रशाद ढुंगनाका अनुसार यो गणना आगामी असार ७ गतेसम्म सञ्चालन हुनेछ ।

आर्थिक विकासको वस्तुगत अवस्था चित्रण गर्ने उद्देश्यले देशभरि नै सञ्चालन हुन लागेको यो कार्यक्रमअन्तर्गत जिल्लाभर रहेका आर्थिक गतिविधिसँग सम्बन्धित सम्पूर्ण एकाइ, प्रतिष्ठान तथा व्यवसायको विस्तृत विवरण सङ्कलन गरिनेछ ।

गणनाका क्रममा ढुङ्गा, बालुवा तथा खनिज उत्खनन, लघु तथा ठूला उद्योग, निर्माण, विद्युत् उत्पादन तथा वितरण, खानेपानी तथा सिँचाइ, फोहर व्यवस्थापन, होटल तथा लज, यातायात, सूचना तथा सञ्चार, थोक तथा खुद्रा व्यापार, बैंक तथा वित्तीय संस्था, घरजग्गा कारोबार, शैक्षिक तथा स्वास्थ्य संस्था गरी १८ प्रकारका प्रमुख आर्थिक क्रियाकलापलाई समेटिने अधिकारी ढुंगनाले जानकारी दिनुभयो । जिल्लाभर ६ जना सुपरीबेक्षक र ४१ जना गणक परिचाल गरिने जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology