Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

जेन–जी आन्दोलनमा ज्यान गुमाएका गोरखाका २ जनाको परिवारलाई नेपाल बिद्युत प्राधिकरणले जागिर दिने


658
Shares

जेन–जी आन्दोलनमा ज्यान गुमाएका गोरखाका २ जनाको परिवारलाई नेपाल बिद्युत प्राधिकरणले जागिर दिने

 

गोरखा, १६ चैत । जेन–जी आन्दोलनमा ज्यान गुमाएका गोरखामा २ जनाको परिवारलाई नेपाल बिद्युत प्राधिकरणले रोजगारी दिने भएको छ । प्राधिकरणको जनसाधन विभागले चैत १५ गते सूचना जारी गर्दै शहिद परिवारलाई सम्पर्कमा आउन भनेको हो ।

रोजगारी पाउनेहरुमा बारपाक सुलिकोट गाउँपालिका–७ का शहीद बिमल वावु भट्टका दाजु अनिल भट्ट र गोरखा फुजेलका शहीद अर्जुन भट्टका दाजु अभिलाख भट्ट रहेका छन् । दुवै परिवारलाई प्राधिकरणले सूचना जारी गर्दै सम्पर्कमा आउन भनेको छ ।

नेपाल राजपत्र खण्ड७५, अतिरिक्ताङ्क ३२, कार्तिक १७ गते, २०८२ मा प्रकाशित जेन–जी सुशासन योद्वा, २०८२ मा उल्लेखित शहीदहरुको सम्वन्धमा संवत् २०८२ साल भाद्र २३ र २४ गतेको जेन–जी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका ब्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्वन्धी कार्यबिधी, २०८२ को बुँदा नं।११ मा शहीद परिवारका सदस्यलाई रोजगारी सम्बन्धी ब्यवस्था मिलाउने ब्यहोरा उल्लेख गरिएको छ ।

प्राधिकरणले सूचनमा सोही ब्यवस्था अनुसार नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको मिति २०८२÷०९÷२० गते गरेको पत्राचार अनुसार सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र नेपाल बिद्युत प्राधिकरण, केन्द्रीय कर्मचारी प्रशासन शाखा, काठमाडौंमा सम्पर्क राख्न भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology