गोरखा, १३ चैत : गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद सुधन गुरुङ गृहमन्त्री बन्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
उहाँले शुत्रबार नै राष्ट्रपति रामचन्द्र पौडलबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट गुरुङले नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई पराजित गर्नुभएको थियो । गुरुङले २९ हजार ८९६ मत प्राप्त गरेर विजयी हुनुभएको थियो ।
उहाँका निकटत प्रतिस्पर्धी कांग्रेसका खत्रीले १५ हजार ३९८ मत प्राप्त गर्नुभएको थियो । जेनजी आन्दोलनबाट उदाउनु भएका नवनियुक्त गृहमन्त्री गुरुङ हामी नेपाल नामक संस्थाको अध्यक्ष समेत हुनुहुन्छ । गोरखाको चुमनुबी गाउँपालिका स्थायी घर भएका गुरुङ भर्खरै मात्र रास्वपाबाट निर्वाचन लड्नु भएको थियो ।