Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको पालुङटार नगरपालिकाले किसानसँग बिउ पैचो कार्यक्रम सञ्चालन गर्ने


602
Shares

गोरखाको पालुङटार नगरपालिकाले किसानसँग बिउ पैचो कार्यक्रम सञ्चालन गर्ने

गोरखा, १३ चैत । गोरखाको पालुङटार नगरपालिकाले किसानसँग बिउ पैचो कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले स्थानीय कृषक, कृषि फर्म, समूह तथा सहकारीमार्फत चालु आार्थिक बर्षको स्विकृत कार्यक्रम अन्र्तगत विउ पैचो कार्यक्रम अगाडी बढाएको हो ।

नगरपालिकाले कृषि उत्पादन वृद्धि, रैथाने बाली संरक्षण तथा गुणस्तरीय बिउ उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले किसानसँग बिउ पैचो कार्यक्रम सञ्चालन गर्न लागेको नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय कृषक, कृषि फर्म, कृषि समूह तथा सहकारी संस्थाहरूले कार्यक्रमका लागि प्रस्ताव पेश पाउनेछन् । नगरपालिकाले तोकेको मापदण्ड पूरा गरेका कृषक वा संस्थालाई कार्यक्रममार्फत बिउ उपलब्ध गराइने र उत्पादनपछि सोही बिउ नगरपालिकालाई फिर्ता गर्ने व्यवस्था गरिएको छ ।

कार्यक्रममा सहभागीताका लागि रैथाने बाली तथा मसला बाली खेती गर्ने कृषकले कम्तीमा १ रोपनी क्षेत्रफलमा खेती गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी बिउ उत्पादन गर्ने कृषक वा संस्थाको हकमा कम्तीमा ३ वर्षको बिउ उत्पादन सम्बन्धी अनुभव भएको र न्यूनतम २० रोपनी क्षेत्रफलमा बिउ उत्पादन गर्दै आएको हुनुपर्ने मापदण्ड तोकिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार बिउ पैचो कार्यक्रमको मुख्य उद्देश्य स्थानीय स्तरमै गुणस्तरीय बिउ उत्पादन गर्ने, रैथाने बाली संरक्षण गर्ने, कृषकहरूको आयआर्जन वृद्धि गर्ने तथा बाहिरी बजारबाट बिउ खरिद गर्ने अवस्थालाई क्रमशः घटाउँदै लैजानु रहेको छ ।

बिउ पैचो कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएमा आगामी वर्षहरूमा नगरपालिकाभित्रै बिउ उत्पादन र वितरण प्रणाली विकास हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology