Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

उत्तरी गोरखाका किसानहरुलाई जलबायु उत्थानशील कृषक सीप अभिबृद्धि र औजार सहयोग प्रदान


1.1K
Shares

उत्तरी गोरखाका किसानहरुलाई जलबायु उत्थानशील कृषक सीप अभिबृद्धि र औजार सहयोग प्रदान

गोरखा, ११ चैत । उत्तरी गोरखाका किसानहरुलाई जलबायु उत्थानशील कृषिको लागि कृषक पाठशाला अन्र्तगत कृषक सीप अभिबृद्धि र औजार सहयोग प्रदान गरिएको छ ।

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) गोरखाको आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा चुमनुबी गाउँपालिका–३ अन्तर्गत दियोल र सानो फिलिमका कृषकहरुका लागि कृषक पाठशाला कार्यक्रम सञ्चालन गरिएको हो ।

दुईदिनस सञ्चालन गरिएको दियोल र सानो फिलिमका १५ जना कृषकहरूको सक्रिय सहभागिता आयोजक एमक्याप गोरखाले जनाएको छ । उक्त कार्यक्रममा कृषकहरुले खेतमै सिक्ने अभ्यास विधिबाट विभिन्न कृषि प्रविधिहरुको व्यवहारिक ज्ञान प्रदान गरिएको हो ।

त्यस्तै कार्यक्रमका क्रममा बाली व्यवस्थापन, माटोको उर्वराशक्ति सुधार गर्ने तरिका, रोग तथा कीरा व्यवस्थापन, जैविक मलको प्रयोग, जैविक खेती प्रविधि लगायतका विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको हो ।

सोही अवसरमा सहभागी किसानहरुलाई सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक सिकाइ प्रभावकारी हुने भएकाले कृषकहरूलाई खेतमै अभ्यास गराएर सिकाउने पद्धति अपनाइएको आयोजकले जनाएको छ ।

कृषक पाठशाला कार्यक्रमबाट कृषकहरुको सीप तथा क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले गरेको छ । एमक्यापका अनुसार कृषक पाठशाला कार्यक्रम दुई दिनमा मात्र सीमित नभई आगामी तीन महिनासम्म बाली चक्र अनुसार निरन्तर सञ्चालन हुनेछ ।

उक्त अवधिमा कृषकहरूले विभिन्न बालीको चरण अनुसार व्यवस्थापन, मल प्रयोग, रोग नियन्त्रण, तथा उत्पादन वृद्धि सम्बन्धी थप अभ्यास र सिकाइ गर्ने अवसर पाउनेछन् ।

कार्यक्रमले दिगो कृषि प्रवद्र्धन, जैविक खेती विस्तार, माटोको स्वास्थ्य सुधार, र स्थानीय कृषकहरूको उत्पादन तथा आम्दानी वृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

स्थानीय स्तरमा कृषकहरूको क्षमता विकास, आधुनिक तथा जैविक कृषि प्रविधिको विस्तार, र कृषिमा आत्मनिर्भरता बढाउन कृषक पाठशाला कार्यक्रम प्रभावकारी भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology