Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

साधारण सभाका लागि एन्फा कार्यालय बन्द


574
Shares

साधारण सभाका लागि एन्फा कार्यालय बन्द

काठमाडौं,१० चैत । अखिल नेपाल फुटबल संघ एन्फा को केन्द्रीय कार्यालय बन्द गरिएको छ । चैत १३ गतेदेखि झापामा हुने एन्फा साधारण सभा तथा निर्वाचनका कारण कार्यालय बन्द गरिएको हो ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले जारी गरेको सूचनामा कार्यालय कहिले खुल्छ भन्ने खुलाइएको छैन ।

सूचनामा लेखिएको छ, ‘अखिल नेपाल फुटबल संघ एन्फाको मिति २०८२ चैत १३ गते झापामा हुने साधारण सभा तथा निर्वाचन प्रयोजनका लागि मिति २०८२ चैत १० गतेदेखि अखिल नेपाल फुटबल संघको केन्द्रीय कार्यालय सातदोबाटो ललितपुर सचिवालय बन्द रहने सम्बन्धित सबैमा जानकारी गराउन चाहान्छु ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology