Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

डिभिजन वन कार्यालय गोरखाद्वारा डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतना कार्यक्रम सम्पन्न


518
Shares

डिभिजन वन कार्यालय गोरखाद्वारा डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतना कार्यक्रम सम्पन्न

गोरखा, ९ चैत । गोरखामा वन डढेलो सप्ताह अन्तर्गत डिभिजन वन कार्यालय गोरखाले सचेतनामूलक कार्यक्रमसहित विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

यहीँ चैत १ गतेदेखि ७ गतेसम्म देशभर सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत गोरखामा पनि बन डढेलो रोकथाम, नियन्त्रण र न्युनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको डिभिजन बन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत डिभिजन बन कार्यक्रम गोरखा मातहतका ६ वटै सवडिभिजन वन कार्यालयहरु सम्बन्धित क्षेत्रका सामुदायिव वन उपभोक्ता समितिका उपभोक्ताहरुलाई डढेलो लाग्न नदिने उपाय, डढेलो लागेमा नियन्त्रणका उपायका बारेमा अभिमुखीकरण प्रदान गरिएको उहाँले बताउनुभयो ।

प्रमुख शण्डिल्यका अनुसार जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका, अजिरकोट गाउँपलिका गण्डकी गाउँपालिकालगायतका पालिकाहरु सरोकारवालाहरुलाई सचेतना कार्यक्रम प्रदान गरिएको हो ।

वन डढेलो सप्ताह अन्तर्गत सञ्चालित कार्यक्रममा सहभागीहरुलाई अग्निरेखा सरसफाइ, नियंत्रित डढेलो अभ्यास सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको हो । त्यस्तै वन क्षेत्रमा रहेका सुकेका पातपतिङ्र संकलन गरि व्यवस्थापन गर्ने उपायका वारेमा पनि उपभोक्तालाई जानकारी प्रदान गरिएको कार्यालयले जनाएको छ ।

‘‘डढेलो पनि एक प्रकारको विप्द नै हो, प्रमुख शाण्डिल्यले भन्नुभयो, ‘‘सप्ताह अन्तर्गत गर्नुपर्ने जिल्ला स्थित सरोकारवालाहरु विचको अन्तरक्रिया कार्यक्रम पनि रहेको छ त्यसलाई पनि छिट्टै सञ्चालन गर्ने कार्यलयको योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology