Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको भीमसेन थापा गाउाँपलिकाले स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने


644
Shares

गोरखाको भीमसेन थापा गाउाँपलिकाले स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने

 

गोरखा, ५ चैत । गोरखाको भीमसेन थापा गाउाँपलिकाले नागरिकलाई सहज र नजिकमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने भएको छ । गाउँपालिका स्वास्थय शाखामार्फत शुक्रबार निःशुल्क स्वास्थ्य सेवा, दन्त सेवा तथा आँखा जाँच र उपचार सेवा सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

‘सुलभ स्वास्थ्य सेवा’ अभियानअन्तर्गत गाउँपालिकाले नियमित रुपमा स्याटेलाइट क्लिनिक सेवा सञ्चालन गर्दै आएको छ । गाउँपालिकाको वडा नम्बर ३ तान्द्राङस्थित तान्द्राङ स्वास्थ्य चौकीमा क्लिनिक सञ्चालन हुने उहाँले बताउनुभयो । स्याटेलाइट क्लिनिकमा सामान्य स्वास्थ्य परीक्षण, मुख तथा दाँतसम्बन्धी सेवा, आँखा जाँच, उपचार तथा आवश्यक परामर्शसमेत प्रदान गरिनेछ ।

सो अवसरमा सहिद स्मृति आधारभूत अस्पतालकाका डाक्टर आमोर लोहनी, डेन्टल हाइजेनिष्ट जीवन यादव, नेत्र साहायक रचना केसीलगायतका चिकित्सक एवं स्वास्थकर्मीको टोलीले उपचारसेवा प्रदान गर्ने गाउँपालिका स्वास्थय शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

भीमसेन थापा गाउँपालिकाले स्थानीय नागरिकलाई टोलटोलमा विशेषज्ञ सेवा पु¥याउन नियमित रुपमा स्याटेलाइट क्लिनिक सञ्चालन गर्दै आएको उहाँको भनाई छ । साथै, नागरिकलाई तोकिएको मिति र समयमा उपस्थित भई निःशुल्क सेवा लिन पनि गाउँपालिकाले आग्रह गरेको छ ।

स्वास्थ्य सेवा सबैको आधारभूत अधिकार भएकाले त्यसको सहज पहुँच सुनिश्चित गर्न भीमसेन थापा गाउँपालिका सक्रिय बन्दै गएको यो उदाहरणलाई सराहनीय पहलका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology