Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा माइक्रो दुर्घटना अपेडट ः मृतक र घाइतेको पहिचान खुल्यो


518
Shares

गोरखा माइक्रो दुर्घटना अपेडट ः मृतक र घाइतेको पहिचान खुल्यो

गोरखा १ चैत  : गोरखाको शहिदलखन गाउँपालिका–३ कान्टारस्थित आबुखैरेनी–मनकामना सडकखण्डमा शुक्रबार साँझ भएको इभी माइक्रो दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरुको पहिचान खुलेको छ । दुर्घटनामा भारतका ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीया मिनाक्षी, ५३ वर्षीया सिवगामी, ५७ वर्षीया बिजायल, ५८ वर्षीया मिना र ६० वर्षीया तमिलारशी रहेका छन् ।

मृतकहरुको शव परीक्षणका लागि प्रदेश अस्पताल गोरखा पठाइएको प्रहरीले जनाएको छ । बा.प्र १–००६ ख ८४३० नम्बरको ईभी माइक्रो गाडी दुर्घटनामा परेको हो । मनकामना मन्दिर दर्शन गरेर आबुखैरेनीतर्फ फर्किंदै गरेको उक्त गाडी शहिदलखन गाउँपालिका–३ कान्टारस्थित कच्ची सडकबाट करिब २०० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक र सहचालक बाहेक गाडीमा सवार अन्य सबै यात्रु भारतीय नागरिक रहेका थिए ।

दुर्घटनामा परेर अन्य ९ जना गम्भीर घाइते भएका थिए । घाइतेहरुलाई प्राथामिक उपचारपछि पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको छ । घाइते हुनेमा लमजुङ सुन्दरबजार नगरपालिका–१ का ४६ वर्षीय चालक पुष्प मल्ल ठकुरी रहेका छन् । उनको बाहिरी चोट देखिएको छैन तर भित्री चोट लागेको र अवस्था गम्भीर रहेको बताइएको छ ।

यस्तै लमजुङ बेँसीशहर नगरपालिका–३ का २९ वर्षीय सहचालक सन्तोष गुरुङको टाउको र अनुहारमा चोट लागेको छ । त्यसैगरी भारतका नागरिकहरू ६२ वर्षीया सोरनम, ६५ वर्षीय मंगदा जलम, ७५ वर्षीया सुभाद्रा, ६५ वर्षीया मयाल, ७३ वर्षीया सरोजा, ६५ वर्षीया भाग्यलक्ष्मी र ३४ वर्षीया मिनाक्षी घाइते भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology