Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा काँग्रेसका २ र नेकपाका १ जना उमेदवारले गरे निर्वाचन खर्च सार्वजनिक


735
Shares

गोरखामा काँग्रेसका २ र नेकपाका १ जना उमेदवारले गरे निर्वाचन खर्च सार्वजनिक

गोरखा, ३० फागुन ।  गोरखामा फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारहरुले आफुनो खर्चको विवरण सार्वजनिक गर्न थालेका छन् । निर्वाचन आयोगले तोकेको खर्चको सीमा भित्र हरेर गोरखाका ३ जना उम्मेदवारहरुले खर्च विवरण सार्वजनिक गरेका हुन् । विवरण सार्वजनिक गर्नेहरुमा नेपाली काँग्रेसका २ जना उमेदवार र नेपाल कम्युनिष्ट पार्टीका १ जना उमेदवारले खर्च विवरण सार्वजनिक गरेको जिल्ल निर्वाचन कार्यलय गोरखाका सुचना अधिकारी रबिलाल सुबेदिले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस क्षेत्र नम्बर १ का उम्मेदवार प्रेमकुमार खत्रीले २९ लाख ८२ हजार ५ सय ३० रुपैया क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाशचन्द्र दवाडीले २२ लाख ५५ हजार ७ सय २५ र नेपाल कम्युनिष्ट पार्टीका क्षेत्र नम्बर १ का उम्मेदवार हरीराज अधिकारीले २३ लाख २१ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेश गरेका हुन् । आयोगले निर्वाचन क्षेत्रहेरी कम्तिमा २९ लाखदेखि बढीमा ३३ लाखसम्म खर्च गर्न पाउने सीमा तोकिएको थियो । सोही सिमा भित्र रहेको गोरखाका उम्मेदवारहरुले खर्च विवरण आयोगमा पेश गरेका हुन् ।

निर्वाचन खर्चमा मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार ९छापा एवं विद्युतीय माध्यम, सामाजिक सञ्जालसमेत, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका विषय क्षेत्रमा खर्च गर्न पाउनेछन् । काँग्रेसका खत्रीले प्रचारप्रसार सामाग्रीमा ५ लाख १४ हजार, मिडियाँ तर्फ २ लाख ६० हजार, सभा तथा मतदाता भेटघाटमा ५ लाख, सवारी साधान भाडा तथा ईन्धन तर्फ १० लाख, निर्वाचन सम्पर्क कार्यालय सञ्चालन तर्फ ४ लाख ९५ हजार, कार्यकता ब्यवस्थापन तथा प्रचारप्रसार सामाग्री ढुवानीमा २ लाख ९ हजार ५०० र विविध खर्चमा ३ हजार ४०५ रुपैयाँ गरी कुल २९ लाख ८२ हजार ५३० रुपैयाँ खर्च गरेका छन् । काँग्रस क्षेत्र नम्बर २ का उम्मेदवार दवाडीले मनोनयन दर्ता १० हजार, सचिवालय खर्च ३ लाख ८० हजार, मिडिया खर्च २ लाख २५ हजार ८५, सवारी साधन तथा ईन्धनमा ८ लाख ८३ हजार १० रुपैयाँ, घरदैलो तथा खाजा खाजा खर्च तर्फ १ लाख ५६ हजार ६० रुपैयाँ, प्रचारप्रसार सामाग्रीमा २ लाख ६७ हजार ५४५ रुपैयाँ, भेला तथा गोष्ठीमा ७५ हजार ६९० रुपैयाँ, कोणसभा र साउण्ड सिष्टममा २ लाख ५० हजार ७२६ तथा विविध खर्चमा ७ हजार ५९० रुपैयाँ खर्च गरेका छन् ।

यता नेपाल कम्युनिष्ट पार्टीका क्षेत्र नम्बर १ का उम्मेदवार अधिकारीले सवारी साधन भाडामा ३ लाख ८० हजार, प्रचारप्रसार सामाग्रीमा ५ लाख २० हजार, गोष्ठी तथा अन्तरक्रियामा १ लाख ५० हजार, विज्ञापन तर्फ ८० हजार र प्रतिनिधि परिचालनमा ९ लाख ५ हजार तथा कार्यालय सञ्चालन तर्फ २ लाख ८६ हजार रुपैयाँ खर्च भएको विवरण आयोगमा पेश गरेका छन् ।

आयोगको नियम अनुसार निर्वाचन मतगणना सकिएको १ महिना उम्मेदवारले गरेको खर्च विवरण आयोगमा पेश गनुपर्ने प्रावधान राखेको छ । त्यसो नगर्ने उम्मेदवारलाई आयोगले जरिवाना गर्ने छ । गोरखा क्षेत्र नम्बर १ मा १२ जना र क्षेत्र नम्बर २ मा १३ जना उम्मेदवारले निर्वाचनमा सहभागिता जनाएका थिए । अन्य उमेदवारको विवरण भने सार्वजनिक हुन सकेको छैन ।
यो समाचारको उपयुक्त हेडलाईन बनाउ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology