गोरखा, २९ फागुन । गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ जिल्ला भित्रको समस्या लिएर नेपाल टेलिकमको केन्द्रय कार्यालय पुग्नुभएको छ ।
गुरुङले जिल्ला भित्रको विभिन्न स्थानमा टेलिकमको टावरको समस्या तथा मोवाईलमा नेटवर्कको समस्या रहेको भन्दै तत्कालै निर्माण गर्न वा सुधार गर्न निवेदन दिनुभएको हो ।
गुरुङ हिजो बिहीबार केन्द्रय कार्यालय पुगेर निर्वाचनको समयमा आफु पुगेका केही स्थानमा नेपाल टेलिकमका टावर तथा नेटर्वकले काम नगरेको भन्दै तत्कालै सुधार गर्न वा टावर निर्माण गर्न अनुरोध गर्नुभएको छ ।
उहाँले आफ्नै नाममा निवेदन दिदै आरुघाट, वगुवा, फिनाम, यार्सा, माछीखोला, सिरानचोक लगायतका ११ स्थानमा नेपाल टेलिकमको टावरले काम नगरेको भन्दै तत्कालै सुधार गर्न वा निर्माण गर्न आग्रह गर्नुभएको छ।