Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा जिल्लाको दुवै क्षेत्रको समानुपातिक तर्फको मतगणना सम्पन्न


763
Shares

गोरखा जिल्लाको दुवै क्षेत्रको समानुपातिक तर्फको मतगणना सम्पन्न

गोरखा, २८ फागुन । फागुन २१ सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा जिल्लाको दुवै क्षेत्रको समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ र २ मा प्रत्यक्ष तर्फको अन्तिम नतिजा सार्वजनिक भइसकेपछि समानुपातिक मतपत्रको गणना सुरु गरिएको थियो ।

समानुपातिकको अन्तिम परिणाममा सार्वजनिक हुदा राष्ट्रिय स्वतन्त्र पार्टीले वर्चश्व कायम गरेको मुख्य निर्वाचन अधिकृत विण्णु प्रसाद गौतमले जानकारी दिनुभयो । गोरखा क्षेत्र नम्बर १ मा १ लाख २१ हजार ५ सय १६ मतदाता रहेको ठाउँमा ६४ हजार ३४९ मत खसेकोमा १ हजार ६ सय ७७ मत बदर हुदा ६२ हजार ७ सय १२ मत मात्र सदर भएको थियो ।

जसमध्ये रास्वपाले ३० हजार ८४८ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १४ हजार १ सय ६९ मत र तेस्रो स्थानमा रहेको नेपाल कम्यूनिष्ट पार्टीले १० हजार ७०१ मत र चौथो स्थानमा रहेको नेकपा एमालेले ३ हजार ७ सय ७९ मत पाएको मुख्य निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

उता क्षेत्र नम्बर २ मा १ लाख ८ हजार ५ सय ३३ जना मतदाता रहेकोमा ५७ हजार ९ सय २४ मत खसेको र २ हजार ५ सय ९९ मत बदर हुदा ५५ हजार ३ सय २५ मत सदर भएको थियो ।

जसमध्य राष्ट्रिय स्वतन्त्र पार्टीले २७ हजार ७०४ मत पाएको छ भने दोस्रो स्थानमा नेपाली काँग्रेसले १० हजार ३सय ४७ मत, तेस्रोमा नेपाल कम्युनिष्ट पार्टीले १० हजार २ सय ५२ मत र चौथो स्थानमा रहेको नेकपा एमालेले २ हजार ९ सय ४१ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology