गोरखा, २६ फागुन । गोरखा क्षेत्र नम्बर २ को प्रत्यक्ष तर्फको मतगणना सकिए लगत्तै समानुपातिक तर्फको मतगणना जारी रहेको छ । हिजो दिउसोदेखी सुरु भएको मतगणना केही अगाडी सम्म करिब ३५ हजार मतगणना सम्मन्न भएको निर्वाचन अधिकृत मोहन प्रसाद बेल्वासेले जानकारी दिनुभयो ।
उहाँका अनुसार अजिरको६ गाउँपालिका, पालुङटार नगरपालिका र गोरखा नगरपालिकाको वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ सम्म खसेका कुल मत ३६ हजार १०१ मध्य ३४ हजार ५९७ मत मात्र सदर भएको छ । त्यस मध्य १ हजार ५०४ मत बदर भएको छ ।
सदरमत मध्य सबैभन्दा बढी मत रास्वपाले पाएको छ । रास्वपाले अहिलेसम्म १८ हजार ५४० मत पाएको छ । दोस्रो स्थानमा नेपाली काँग्रेसले ८ हजार ८०४ मत पाएको छ भने तेस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टीले ५ हजार ८५६ मत पाएको छ ।
कसले कती मत पाए हेरौं :
सुर्य १८३७
रुख ८८०४
तारा ५८५६
घण्टी १८५४०
हलो ५४८
ढल्केको छाता १९
लाउड स्पिकर ५८
मादल ३०
गिलास ७
खुलेको एकल आँखा ३६६
दुई हात जोडेको नमस्कार ११
कुखुराको भाले ९४
जग ६
पञ्जा छाप ३
ढोको ७०
हँसिया र तारा ३४
कलमको फुल १४
गितास ३०
घर २
हसिया ८
दायाँ हातले समातेको मसाल १०
भित्तै घडी ४
बाँसुरी ३९०
गैची ५
दाव सहितको खुकुरी ३
तुलसी मठ २३
ब्याट्री ५
मान्छेले काँधमा बोकेको ढुङा ३
गोलाकार भित्र शंक ११
बज्र ५
उडिरहेको माहुरी ४५
काखमा बच्चा लिएको आमा २३
अंजुलीमा रहेको माटो ४५२
बालि बोकेको महिलाको आकृती १
त्रिशुल ८
घोडा १
लोगो घेराभित्र दुई पात भएको गुलाफको फुल ७५
गाढा निलो गोलाकार भित्र रहेको २४ किलाको चक्र २८
हात मिलाएको ७
चापाकल ८
सिठी ४
ओदान २
रथ ३
बलिरहेको दियो १३
पाँच मुखे रुद्राक्षको दाना १६
करुवा ५
षटकोण ४१
जातो ५
गोलो घेरा भित्र पानिको बोतल ८
श्री भत्स समृद्वीको प्रतिक ३
मोबाईल ४४
दुई औला खुलेको तिन औला बन्द भएको हातको आकृती ४
जगर भएको सिंह ४
ढुङा १